काठमाडौं । मोरङको विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा प्रभु बैंक लि. ले मंसिर ३० गतेदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट डा. गुणराज लोहनीले एक समारोहका बीच प्रभु बैंक लि. कोशी अस्पताल एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।
कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।