शुक्रबार, वैशाख ७, २०८१

फेरि बढ्यो इन्धनको मूल्यः के मा कतिले वृद्धि ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतका अनुसार
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ ।

triton college

निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले बुधबारबाट लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एकले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिए ।

उनले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिए ।

निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत नै राखिएको उनले बताए ।

निगमले यसअघि गत मङ्सिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो ।

corrent noodles
Metro Mart

उनका अनुसार मूल्य समायोजन गरेपश्चात् नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य रु २०.४१ प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य रु १७.१६ प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको छ ।

प्रकाशित: Dec 18, 2019| 03:36 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्