शनिबार, वैशाख ८, २०८१

महाकवि देवकोटाको घर सङ्ग्रहालय बन्ने, यस्तो छ तयारी

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीर्ण घर आफ्नो स्वामित्वमा लिएसँगै नेपाल प्रज्ञा प्रतिष्ठानले ‘देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ ।
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीर्ण घर आफ्नो स्वामित्वमा लिएसँगै नेपाल प्रज्ञा प्रतिष्ठानले ‘देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ ।

triton college

काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्जले चर्चेको जग्गा मङ्गलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेको हो । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपीशर्मा ओलीले घोषणा गरेकाे उक्त सङ्ग्रहालय निर्माणको काम जग्गा प्राप्तिका कारण ढिलाइ भएको थियो ।

प्रज्ञा प्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए ।

हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोराहरू प्रा डा पद्मप्रसाद देवकोटा र डा दीपक देवकोटालाई प्रतिष्ठानले रु दुई करोड ५० लाख हस्तान्तरण गरिसकेको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक व्यवस्थापन गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो ।

corrent noodles
Metro Mart

देवकोटाकी छोरी अम्बिका रिमालले प्रधानमन्त्रीलाई सम्बोधन गरी ‘देवकोटाको घरलाई सङ्ग्रहालय बनाइ पाऊँ’ भनी निवेदन दिएकी थिइन् ।

देवकोटाको आवासलाई सङ्ग्रहालय बनाउने सम्बन्धमा गठित सिफारिस समितिको प्रतिवेदन–२०७६ लाई आधार मानी मन्त्रिपरिषद्को हालैको बैठकले निर्णय गरेअनुसार देवकोटाका छोराहरुलाई उक्त मुआब्जा दिइएको हो ।

उहाँहरुले आफ्नो हक भोगको उक्त कविकुञ्ज र घरले चर्चेको जग्गामाथिको हक मालपोत कार्यालय चारखालमा आफैँ उपस्थित भई नेपाल प्रज्ञा प्रतिष्ठानको नाममा कानूनतः हस्तान्तरण गरेको कुलपति उप्रेतीले बताए।

कुलपति उप्रेतीका अनुसार देवकोटा सङ्ग्रहालय चार तलाको हुनेछ । जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्न सर्वप्रथम विज्ञहरुसँग परामर्श गरी विस्तृत आयोजना प्रतिवेदन तयार गरिनेछ । भवनमा देवकोटाको समग्र इतिहास झल्काउने कोसिस गरिनेछ ।

सङ्ग्रहालयको भुइँ तलामा श्रव्यदृश्यको व्यवस्था गरी तयार हुने कक्षमा त्यहाँ प्रवेश गर्ने जो कोहीले पनि महाकवि देवकोटालाई सशरीर पाउनेछ ।

कुलपति उप्रेतीका अनुसार यो कक्ष अहिलेसम्मकै नौलो कक्ष हुनेछ । भवनको दोस्रो तल्लामा महाकवि देवकोटाले आफ्नो छोटो जीवनकालमा प्रयोग गरेका साम्रगी रहनेछन् ।

देवकोटाले प्रयोग गरेका खाट, पानी खाने भाँडो, चुरोटको धुलो राख्ने एस्ट्रे, विभिन्न चित्र, मन्त्री भएका बेलाको दस्तावेज, चित्र, फोटो, देवकोटाले प्रयोग गरेका वस्त्र तथा जुत्ता आदि हुनेछन् ।

सङ्ग्रहालयको तेस्रो तलामा महाकवि देवकोटाले लेख्नुभएको लेखको पाण्डुलिपि र विदेशी लेखकले लेखेको पुस्तक सुरक्षितसाथ माइक्रोफिल्मिङ गरी अध्यावधिक गर्ने उप्रेतीले बताए ।

चौथो तलामा सङ्ग्रहालयमा आगन्तुुक, विदेशी अतिथि आएर छलफल तथा अन्तक्र्रिया गर्न सक्नेछन् । तला एक हिसाबले वाचनालयजस्तो हुने उप्रेतीले जानकारी दिए । रासस

प्रकाशित: Dec 18, 2019| 03:06 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।