शनिबार, वैशाख ८, २०८१

दादुरा र रुवेलाविरुद्धको खोप फागुन र चैतमा

 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं– सरकारले दादुरा र रुवेला रोग विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन ६ हजार स्वास्थ्यकर्मीलाई विशेष तालिम दिने भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले प्रदेश सरकारसँग समन्वय गरी तालिम दिन लागेको हो।

triton college

सन् २०२३ सम्ममा दादुरा निवारण गर्ने लक्ष्यअनुरुप सरकारले आगामी फागुन महिनाभर प्रदेश नं १, २, ५ मा र चैत महिनाभर प्रदेश नं ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा यो अभियान शुरु गर्दै छ ।

स्वास्थ्य सेवामा प्रवेश गरेका नयाँ स्वास्थ्यकर्मी र पछिल्लो तीन वर्षयता तालिममा सहभागी नभएकाहरुलाई प्राथमिकता कायम गरी तालिम दिन लागिएको हो । परिवार कल्याण महाशाखा अन्तर्गत बालकल्याण महाशाखाले यो अभियानमा ९ महिनादेखि ५ बर्ष उमेर समूहका ३० लाख बालबालिकालाई कभरेज गर्ने र तराईका १९ जिल्लाका १५ लाख बालबालिकालाई पोलियो थोपा समेत खुवाउने योजना बनाएको छ ।

अभियानका लागि १ लाख बढी स्वयंसेवक र १० हजार बढी स्वास्थ्यकर्मी परिचालन गरिनेछन् । साथै खोप केन्द्रको संख्या पनि बढाइने महाशाखाले जनाएको छ । हालसम्म १६ हजारको हाराहारीमा रहेका खोप केन्द्रलाई बढाएर ४५ हजारभन्दा बढी पुर्याइने जनाइएको छ ।

प्रकाशित: Dec 17, 2019| 11:50 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।