शनिबार, वैशाख ८, २०८१

बर्सेनि हराउँछन् १५ हजार मोबाइल, भेटिन्छन् दुई हजार

बिहान कार्यालय खुलेदेखि बेलुकी अबेरसम्मै १५ नम्बर कोठा सेवाग्राहीले भरिभराउ हुन्छ।
 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं– टेकुस्थित महानगरीय प्रहरी परिसरमा सेवाग्राहीको सबैभन्दा बाक्लो भीड लाग्ने कोठा हो– १५ नम्बर। कोही हातमा मोबाइलको बक्स, कोही निवेदन त कोही प्रहरीले दिएको चिट हातमा बोकेर त्यहाँ लाइन बसेका हुन्छन्।

triton college

बिहान कार्यालय खुलेदेखि बेलुकी अबेरसम्मै १५ नम्बर कोठा सेवाग्राहीले भरिभराउ हुन्छ। सेवाग्राहीको भीड लागि नै रहने यो कोठा चोरी भएका तथा हराएका मोबाइलसम्बन्धी काम गर्ने शाखा हो। यहाँ कार्यरत प्रहरी कर्मचारीलाई अरुसँग एक मिनेट बोल्ने फुर्सद पनि हुँदैन। नयाँ निवेदन दिने र यसअघि दिएको निवेदनमाथि भएको कारबाहीबारे बुझ्न यहाँ दिनहुँ सयौँको संख्यामा मानिसहरु पुग्ने गर्छन्।

प्रहरी परिसरको तथ्यांकअनुसार पछिल्लो पाँच महिनामा मोबाइल चोरी तथा हराएका झन्डै ७ हजार निवेदन दर्ता भएका छन्। ‘निवेदन दिन आउनेसँगै मोबाइल भेटिएको छ कि भनेर बुझ्न आउनेको संख्या पनि उत्तिकै हुन्छ,’ शाखामा कार्यरत एक प्रहरी कर्मचारीले भने, ‘दिनभर हामीलाई अरुसँग बोल्ने एक मिनेट पनि फुर्सद हुँदैन।’

परिसरका अनुसार काठमाडाै‌ उपत्यकामा वर्षमा १५ हजारभन्दा बढी मोबाइल चोरी हुन्छन् वा हराउँछन्। यो संख्या प्रहरीमा उजुरी दिनेको मात्र हो। मोबाइल हराउने सबै प्रहरीसम्म पुग्दैनन्। त्यसकारण यो संख्या अझ धेरै हुने प्रहरीको अनुमान छ। प्रहरीको इमेल, फेसबुक पेज, ट्विटर अकाउन्ट र मोबाइल एप्लिकेसनमा पनि मोबाइल चोरीका उजुरी आउने गरेका छन्।

मोबाइल चोरी भएपछि मानिसहरु भेटिने आशमा प्रहरीकोमा पुग्छन् र निवेदन दिन्छन्। यो संख्या हरेक दिन बढ्दो क्रममा छ। प्रहरी परिसर टेकुमा आर्थिक वर्ष ०७३–०७४ मा १२ हजार ४ सय ३० वटा मोबाइल चोरीको निवेदन परेको थियो। आव ०७५–०७६ मा यो संख्या बढेर १५ हजार ३ सय ३२ पुगेको छ।

corrent noodles
Metro Mart

मोबाइल भेटिने संख्या भने ज्यादै न्यून छ। हराएका मोबाइलमध्ये करिब १३ प्रतिशतमात्र भेटिन्छन्। आव ०७३–७४मा १२ हजार ४ सय ३० वटा मोबाइल हराएको उजुरी परेकोमा १ हजार ६ सय ८१ वटामात्र भेटिए । आव ०७३–७४मा १५ हजार ७ सय ८७ निवेदन परेकोमा एक हजार पाँच सय १८ वटा भेटिए।  त्यस्तै, आव ०७५–७६ मा १५ हजार ३ सय ३२ वटा मोबाइल हराएकोमा २ हजार ६२ वटा मात्र भेटिए। चालू आवको पछिल्लो पाँच महिनामा ६ हजार ९ सय २९ वटा मोबाइल हराएको उजुरी परिसरमा परेका छन् । यसमध्ये ७ सय ८२ वटा भेटिएका छन्।

किन भेटिँदैन हराएको मोबाइल ?

चोरीको मोबाइलमा सिम हालेर चलाउँदा पक्राउ पर्न सक्नेबारे चोर तथा मोबाइल भेटाउनेहरु सचेत हुने भएकाले नै अधिकांश मोबाइल फेला नपर्ने गरेको प्रहरीको भनाइ छ। ‘चोरीको मोबाइलमा सिम प्रयोग गर्दा प्रहरीले थाहा पाउँछ भनेर इन्टरनेटमात्र चलाएर बस्छन्,’ परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले भने, ‘कतिपयले नेपालबाहिर पुर्याउँछन् । यस्तो अवस्थामा पनि मोबाइल भेटिँदैन।’

त्यसो त, हराएको वा चोरी भएका धेरैजसो मोबाइल तेस्रो व्यक्तिको हातमा पुग्ने गरेको प्रहरी बताउँछ । यसले गर्दा पनि भेटिन गाह्रो हुने उसको तर्क छ। चोरले सस्तोमा मोबाइल अरुलाई बिक्री गर्ने र किन्ने व्यक्ति फस्ने गरेको मोबाइल चोरी शाखाका प्रहरी नायव निरीक्षक रामचन्द्र भण्डारीले बताए। उनका अनुसार कतिपय चोरीको मोबाइल चलाउनेले त प्रहरीलाई हैरान बनाउँछन्। हराएका मोबाइल पत्ता लगाउन दूरसञ्चार सेवा प्रदायकबाट पनि पर्याप्त सहयोग नपाएको गुनासो प्रहरीको छ। 

यसअघि चोरी भएका धेरै मोबाइल सेट भारतको बिहार पुर्याइने गरेकोमा अहिले नयाँ दिल्लीसम्म पुग्‍ने गरेको प्रहरी अधिकारीहरु बताउँछन्। ‘मानिसहरु बुझ्न आइरहन्छन्, हामी आईएमईआई नम्बर ट्रेस गर्न पठाइरहन्छौं । तरपनि भेटिँदैन, के गर्ने,’ प्रहरी भन्छन्।

 के हुन्छ प्रक्रिया ?

सबैभन्दा राम्रो त मोबाइल नहराउनु राम्रो। हराएको खण्डमा काठमाडौं उपत्यकाको हकमा प्रहरी परिसर टेकु र जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सकिन्छ। यसका लागि मोबाइलको आईएमईआई नम्बर भने अनिवार्य छ।

आईएमईआई नम्बर र अन्य विवरणसहित सेवाग्राहीले निवेदन दिएपछि प्रहरीले आईएमईआई नम्बर कम्प्युटरमा रजिस्टर गर्छ। कसैले सिम चलाएको खण्डमा प्रहरी सिस्टममा नोटिफिकेसन आउँछ र त्यसैअनुसार प्रहरीले आईएमईआई नम्बर ट्रेस गर्छ ।

मोबाइल खोजीका लागि प्रहरीले टेलिकम सेवा प्रदायकसँग समन्वय गर्नुपर्छ। प्रहरीले मोबाइल सेवा प्रदायक संस्था नेपाल टेलिकम र एनसेललाई आईएमईआई नम्बर पठाउँछ । उक्त आईएमईआई नम्बर भएको मोबाइल टेलिकम वा एनसेलको नेटवर्कभित्र पुगेको खण्डमा प्रहरीले लोकेसन प्राप्त गर्छ र त्यहीअनुसार फलो गर्छ।

प्रकाशित: Dec 17, 2019| 10:58 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।