बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • छाया श्रममन्त्रीको प्रश्न– पोलमा प्रधानमन्त्रीको फोटो टाँसेर जनताले रोजगारी पाउँछन् ?

छाया श्रममन्त्रीको प्रश्न– पोलमा प्रधानमन्त्रीको फोटो टाँसेर जनताले रोजगारी पाउँछन् ?

 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ तथा छाया सरकारकी श्रममन्त्री डा. डिला संग्रौलाले सरकारलाई १४ वटा प्रश्न गरेकी छन्। पत्रकार सम्मेलन गरेरै उनले सरकारले श्रम तथा रोजगारसँग सम्बन्धित प्रश्न गरेकी हुन्।

triton college

मलेसिया, जापानलगायत देशमा नेपाली श्रमिकहरु निःशुल्क जान पाउने भनिए पनि अहिलेसम्म कार्यान्वयन नभएको, यूएईमा पनि शून्य लागतमा श्रमिक जान पाउने समझदारी गरिए पनि त्यसबाट अहिलेसम्म नेपाली श्रमिकहरु लाभान्वित नभएको, श्रम स्वीकृति लिने प्रक्रियालाई झन् झण्झटिलो बनाइएको, वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षाबारे सरकार उदासिन रहेको उनको आरोप छ।

त्यसैगरी संग्रौलाले सामाजिक सुरक्षा कोषको विषयमा पनि प्रश्न उठाएकी छन् । अहिलेसम्म ११ हजार रोजगारदाता कम्पनीमात्रै सामाजिक सुरक्षा कोषमा आवद्ध रहेको भन्दै उनले यो कार्यक्रम असफल भएको दाबी गरिन् । उनले प्रश्न गरिन्, ‘सामाजिक सुरक्षा कोषलाई सफल बनाउन सरकारले अब के गर्छ ?’

प्रधानमन्त्री रोजगार कार्यक्रम पनि असफल भएको भन्दै उनले सरकारलाई आगामी रणनीतिबारे प्रश्न गरेकी छन् ।

डा. संग्रौलाले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई भेटेर सरकारले चालेका श्रमसम्बन्धी विभिन्न योजनामाथि आफूले प्रश्न उठाएको उनले बताइन्। श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेकी संग्रौलाले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दुरुपयोग गरेको दाबी गरिन्।

corrent noodles
Metro Mart

सरकारले गर्ने कामको श्वेतपत्र जारी गर्नुपर्ने उनको भनाइ थियो । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको दुरुपयोग भयो। योजना र लक्ष्यअनुसार कार्यन्वयन भएन। बाटो सफा गर्ने र बाँदर धपाउने किन दुरुपयोग गरेको ?’ उनले प्रश्न गरिन्।

संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग गरी पोलपोलमा प्रधानमन्त्रीको फोटो टाँसेकोमा पनि आपत्ति प्रकट गरिन्। सामाजिक सुरक्षा कोष कांग्रेस सरकारले सुरु गरेको उनले दाबी गरिन्।

प्रकाशित: Dec 17, 2019| 08:08 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।