काठमाडौं- प्रतिनिधिसभाको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज शपथ लिने भएकी छिन् ।
सिंहदरबारस्थित कृषि समितिको सभा हलमा दिउँसो १ बजे उनले उपसभामुख डा शिवमाया तुम्वाहाम्फेबाट शथप लिने भएकी हुन्।
सभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभाको वरिष्ठ सदस्यले शपथ गराउने प्रचलन छ। तर, सभामुख नभएपछि यस पटक उपसभामुखले शपथ गराउन लागेकी हुन्।