शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नासुको पदपूर्ति यथास्थितिमा राख्न लोक सेवालाई सर्वोच्चको अन्तरिम आदेश

नासुको पदपूर्ति यथास्थितिमा राख्न लोक सेवालाई सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पेसी मितिसम्म पदपूर्ति सम्बन्धी काम कारबाही यथास्थितिमा राख्न लोक सेवा आयोगका नाममा आदेश दिएको हो।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौँ- नायब सुब्बा(नासु)को पदपूर्ति यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

triton college

आफूहरुलाई सङ्घमा नै समायोजन गर्नुपर्ने भन्दै स्थानीय र प्रदेशमा समायोजन भएका नासुहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिएको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पेसी मितिसम्म पदपूर्ति सम्बन्धी काम कारबाही यथास्थितिमा राख्न लोक सेवा आयोगका नाममा आदेश दिएको हो।

अदालतले भदौ ३० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

आफूहरूलाई सङ्घमा नै समाहित गरिनुपर्ने भन्दै स्थानीय र प्रदेश तहका नासुहरुले २०७८ भदौ ११ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

प्रकाशित: Sep 02, 2021| 21:08 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।