बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • टुँडिखेल संरक्षण अभियानमा राप्रपाको ऐक्यवद्धता छ : कमल थापा

टुँडिखेल संरक्षण अभियानमा राप्रपाको ऐक्यवद्धता छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली टुँडिखेल संरक्षणमा सहमत भए मन्त्रिपरिषदबाट निर्णय गराएर काम गर्नुपर्ने बताएका छन्।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली टुँडिखेल संरक्षणमा सहमत भए मन्त्रिपरिषदबाट निर्णय गराएर काम गर्नुपर्ने बताएका छन्।

triton college

थापाले ओली शक्तिशाली प्रधानमन्त्री भएकाले यदि उनी टुँडिखेलको संरक्षण र निर्माणमा सहमत भए मन्त्रिपरिषदबाट निर्णय गराएर अस्तित्व जोगाउनु पर्नेमा जोड दिएका हुन्।

अकुपाई टुँडिखेल अभियानका अभियन्ताहरुको एक प्रतितिनिधिमण्डललाई सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट्दै थापाले यस विषयमा सरकार र महानगरले ठोस र प्रभावकारी निर्णय अविलम्ब गरोस् भन्ने आग्रह गरे।

टुँडिखेललाई हरियो चौरको रुपमा मात्र नभई साँस्कृतिक सम्पदाको रुपमा विकास गर्नुपर्ने भन्दै थापाले रंगशालादेखि रानी पोखरीसम्म एउटै क्षेत्र कायम गरी संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए।

काठमाडौं शहरको स्वच्छता कायम राख्न आपतकालीन विपदका समयमा प्रयोग गर्न तथा देशकै गौरब बढाउने राष्ट्रिय कार्यक्रमहरु गर्न टुँडिखेल उपयोगी हुने चर्चा गर्दै थापाले विगतमा ज–जस्को जे–जस्तो कमी कमजोरी भएको भए पनि त्यसलाई बिर्सेर एकजुट हुनुपर्ने बताए।

corrent noodles
Metro Mart

टुँडिखेल इतिहाससँग गासिएको विषय भएको भन्दै थापाले टुँडिखेल खुम्चिँदै अस्तित्व लोपको अवस्थामा पुगेकोमा चिन्ता प्रकट गरे।

‘म आफै पनि नीति निर्माणको तहमा काम गरेको छु त्यसबखत यस विषयमा ठोस र प्रभावकारी काम गर्न नसकेकोमा, नभएकोमा एक प्रकारको गिल्टी फिल हुन्छ’ थापाले भने।

‘म टुँडिखेल चौरमा खेलेर, बढेर, हुर्केको व्यक्ति हुँ, म राष्ट्रिय फुटबल टिमको क्याप्टेन पनि भएँ, तर फुटबलको प्रारम्भिक ज्ञान त्यही टुँडिखेलमा लिएको हुँ’ थापाले थपे।

अकुपाई टुँडिखेलको नामबाट टुँडिखेलको संरक्षण र सम्वर्द्धनमा भएको प्रयास प्रशंसनीय भएको भन्दै थापाले राप्रपा र आफ्नो व्यक्तिगत तर्फबाट पूर्ण ऐक्यवद्धता रहेको बताए।

विजय श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा राप्रपाका बरिष्ठ नेता दिपक बोहोरा, महामन्त्री एवं सांसद राजेन्द्र लिङदेन, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल लगायतको सहभागिता रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित: Dec 16, 2019| 14:08 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।