शुक्रबार, वैशाख १४, २०८१

'सामाजिक सुरक्षा कोषको नियमावली संशोधन गर'

बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले नेपाल राष्ट्र बैंकलाई सामाजिक सुरक्षा कोषको नियमावली परिवर्तन गर्नका लागि पहल गर्न आग्रह गर्दै पत्र लेखेका छन् ।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं– बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले नेपाल राष्ट्र बैंकलाई सामाजिक सुरक्षा कोषको नियमावली परिवर्तन गर्नका लागि पहल गर्न आग्रह गर्दै पत्र लेखेका छन् ।

triton college

सोमबार नेपाल बैंकर्स संघ, विकास बैकर्स संघ र नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखी आफ्ना असहमतिका विषय सम्बोधन हुने गरी सामाजिक सुरक्षा कोषले आफ्नो विनियमावलीमा संशोधन गर्नका लागि राष्ट्र बैंकले पहल गरिदिन आग्रह गरेका हुन् ।

गत मंसिर २४ गते नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गरी सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन दिएको थियो । त्यसलगत्तै नेपाल वित्तीय संस्था कर्मचारी संघले विज्ञप्ति जारी गरी हालकै कार्यविधि अनुसार बैंकका कर्मचारीहरु कोषमा आवद्ध नहुने जनाएका थिए।

वित्तीय संस्थाका छाता संगठनहरुले १५ वर्ष लगातार कोषमा रकम जम्मा गरेपछि आफूले चाहेको अवस्थामा रकम निकाल्न पाउनुपर्ने,  जम्मा भएको रकम निकाल्दा १५ प्रतिशत आयकर लगाउने व्यवस्था हटाउनुपर्ने, सरकारी र निजी क्षेत्रका कर्मचारीहरुलाई समान व्यवहार हुनुपर्ने, पेन्सनको लागि ६० वर्ष कुर्नुपर्ने व्यवस्था हटाउनुपर्ने, कर्मचारी संचय कोष तथा नागरिक लगानी कोषबाट पाउने सहुलियतपूर्ण ऋण सुविधाको व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न मागहरुको उचित सम्बोधनका लागि पहल गर्न गभर्नरलाई आग्रह गर्दै पत्र बुझाएका हुन् ।

प्रकाशित: Dec 16, 2019| 13:22 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।