शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सिटौलालाई फकाउँदै देउवा, केन्द्रीय समिति बैठक अनिश्‍चित

सिटौलालाई फकाउँदै देउवा, केन्द्रीय समिति बैठक अनिश्‍चित

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं– वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय समिति बैठक बहिस्कार गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौला समूहसँग वार्ता गर्दैछन्।

triton college

सभापति देउवाको प्रतिनिधित्व गर्दै उपसभापति बिमलेन्द्र निधिले पौडेल समूहसँग नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा वार्ता गरेको थियो। उक्त वार्तामा सहमति हुन नसक्दा पौडेल समूहले आजको केन्द्रीय समिति बैठक बहिस्कार गरेको हो।

दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठकमा पौडेल समूह सहभागी नहुँदा बैठक सुरु हुन सकेको छैन। तर, नेता कृष्णप्रसाद सिटौला भने पार्टी कार्यालय पुगेका छन्।

सिटौला समूहलाई फकाउन सभापति देउवा, उपसभापतिद्वय निधि र विजयकुमार गच्छदार लगायतले वार्ता गर्दैछन्। पार्टी कार्यालयमा सिटौला र देउवा पक्षबीच वार्ता सम्पन्न भएपछि मात्र आजको केन्द्रीय समिति बैठक बस्ने अथवा नबस्ने निष्कर्षमा पुगिनेछ।

प्रकाशित: Dec 16, 2019| 09:52 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।