बिहीबार, वैशाख ६, २०८१

द्रुतमार्गका लागि २७ हजार रुख काटिए

नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ-काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रुख काटिएका छन्।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं - नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ-काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रुख काटिएका छन्। करिब ७७ किलोमिटर निजगढ-काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रुखमध्ये २७ हजार ६९ रूख काटिएका द्रुतमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए।

triton college

तत्काल उक्त सङ्ख्यामा रुख काट्नै पर्ने उनको भनाइ छ। बाँकी रहेका ११ हजार एक सय रुख अहिले नकाट्दा हुने उनले बताए। बाँकी रहेका ११ हजार एक सय रुख सुरुङ निर्माणका क्रममा काटिने उनले बताए। सडक निर्माणको सिद्धान्तअनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा एक सय मिटरसम्मका रूख काट्नुपर्ने भनी वन मन्त्रालयसँग अनुमति लिइएको आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख पहाडीले बताए।

द्रुतमार्ग निर्माणका क्रममा काटिएका रुखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको सेनाले जनाएको छ। वन मन्त्रालय मातहत रहेर काटिएका रुख जिल्ला वन कार्यालयमा र सामुदायिक वन मातहतमा रहेका तथा काटिएका रुख सामुदायिक वनलाई सरोकारवाला निकायको रोहवरमा बुझाइएको सेनाले जनाएको छ।

वातावरणीय मापदण्डअनुसार एक रुख काट्दा २५ रुख रोप्नुपर्ने भएका कारण नेपाली सेनाले निजगढ र राजदरबारमा करिब एक लाख ५० हजार बिरुवा उत्पादन गरिरहेको छ भने सेनाले काटिएका रुखको ठाउँमा वृक्षरोपणको काम पनि सुरु गरिसकेको छ। त्यसअनुसार कोहल्वी नगरपालिकाका विभिन्न स्थानमा करिब पाँच हजार बिरुवा रोपिसकेका जनाइएको छ। बिरुवा उत्पादन गरिसकेपछि रोप्ने स्थानको छनोटको काम पनि निरन्तर भइरहेको सेनाले जनाएको छ।

प्रकाशित: Dec 16, 2019| 08:51 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।