शनिबार, वैशाख ८, २०८१

कांग्रेसले नटुंग्याएको विवादको जिम्मा निर्वाचन अधिकृतलाई

नेपाली कांग्रेसले 'गर्न नसकेको' कामको जिम्मा जिल्ला निर्वाचन अधिकृतलाई गर्न निर्देशन जारी गरिएको छ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसले 'गर्न नसकेको' कामको जिम्मा जिल्ला निर्वाचन अधिकृतलाई गर्न निर्देशन जारी गरिएको छ। क्रियाशील सदस्यतासम्बन्धी विवादमा छानबिन समितिले नगरेको कामको जिम्मा जिल्लाका निर्वाचन अधिकृतहरूलाई गर्न केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो। 

triton college

२०७४ मा सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र निर्वाचन आयोगले तोकेको अविधिभित्र फिर्ता नलिएका कांग्रेसका बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई निर्वाचनसम्बन्धी कुनै पनि गतिविधिमा भाग लिन नदिनका लागि क्रियाशील सदस्यताको सूचीबाट हटाउन जिल्ला निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो।

कांग्रेसमा क्रियाशील विवाद लामो समयसम्म लम्बिएको थियो। तर उक्त विवाद समाधान गरी सभापतिलाई प्रतिवेदन पेस गर्नका लागि रमेश लेखकको संयोजकत्वमा छानबिन समिति गठन भएको हो। उक्त समितिले छानबिनको कामलाई सबै जिल्लामा पूरा गर्न नसकेपछि पुनः कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र लेखकको अर्को समिति बनाउने निर्णय केन्द्रीय समितिले गरेको थियो। 

उक्त समितिले पनि त्यस्ता क्रियाशील सदस्यहरूबारे निर्णय नगरेको पाइएको हो। '२०७४ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मदेवार, निजको प्रस्तावक र समर्थक कांग्रेस विधान अनुसार स्वतः निष्काशित हुने व्यवस्था भएको तर हालै प्रकाशित क्रियाशील सदस्यको सूचीमा त्यस्ता व्यक्ति पनि समावेश भएकाले उनीहरूलाई क्रियाशील सदस्यको सूचीबाट हटाउन' केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतलाई निर्देशन जारी गरेको हो। 

कांग्रेसमा विगतका महाधिवेशनमा पनि क्रियाशील सदस्यताको विवाद हुँदै आएको थियो। यसपटक पनि कांग्रेसले केन्द्रीय स्तरमा विवाद समाधान गर्न नसकेपछि तल्ला निकायलाई जिम्मा दिएको हो। 

corrent noodles
Metro Mart

प्रकाशित: Sep 02, 2021| 20:18 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...