काठमाडौं - वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बहिस्कार गर्ने भएको छ। सोमबार बिहान पनि सभापति शेरबहादुर देउवा पक्षधरसँग वार्ता भएको थियो। उक्त वार्ता पश्चात पौडेल निवासमा पौडेल समूहको छलफल चलेको थियो।
पौडेल निवासको छलफलले आजको केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निष्कर्ष निकालेको हो। सभापति देउवाको प्रतिनिधि उपसभापति विमलेन्द्र निधिसँग चारवटा विषय राखिएको र कुनै पनि विषयमा सहमति हुन नसकेपछि बैठक बहिस्कार जारी राख्ने निर्णयमा पुगिएको नेता हृदयराम थामीले जनाए।
पौडेल समूहले यसअघिका २ वटा केन्द्रीय समिति बैठक बहिस्कार गरेको छ। यता सभापति देउवा पक्षधरले भने आज पनि केन्द्रीय समिति बैठक बस्ने जनाएको छ।