शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १ करोड ५० हजार बीमा रकम प्रदान

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १ करोड ५० हजार बीमा रकम प्रदान

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.जीतपुर शाखाले बीमादावीवापत रु. १ करोड ५० हजार भुक्तानी गरेको छ । कम्पनीद्वारा कपिलवस्तु ४ वाणगंगामा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरीस वारी दुर्घटनामा ज्यान गुमाएका बीमित स्व. सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाई रु. १ करोड ५० हजारको चेक हस्तान्तरण गरिएको हो ।

triton college

बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई, सिटिजन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद चौधरीले संयुक्त रुपमा पौडेलकी श्रीमती देवका खनाल पौडेललाई चेक हस्तान्तरण गरे ।

कार्यक्रममा अध्यक्ष चापागाईले जीवन बीमाको आवश्यक्ता तथा महत्वको बारेमा प्रकाश पार्दै बीमितको जीवन नरहेपनि जीवन बीमाको सिद्धान्त तथा मर्म अनुरुप बीमालेखमा उल्लेखित शर्त तथा सुविधाबमोजिम कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको र सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम ्अन्य सामाजिक कार्य गर्न सहयोगी हुने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले कम्पनी बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिवद्ध रहेको बताए ।

बुटवल १३ बेलबास निवासी स्व. पौडेलले १५ वर्षे बीमाअन्र्तगत रु. ५० लाखको बीमा गरी पहिलो किस्ता बुझाएका थिए । पौडेलकी १ छोरी रहेकी छन् । ३३ वर्र्षीय पौडेलको सवारी दुर्घटनामा परी कात्तिक ५ गते निधन भएको थियो ।

corrent noodles
Metro Mart

प्रकाशित: Dec 16, 2019| 05:24 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्