काठमाडौं– नेपाल एसबिआई बैंक लि. का शेयरधनीहरुको २६औँ वार्षिक साधारणसभा मंसिर २९ गते आइतबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाले बैंकको आ.व. २०७५–७६ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात, आ.व. २०७५–७६ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
बैंकले आ.व. २०७५–७६ मा रु. ३१२.३९ करोड संचालन मुनाफा र रु. २२९.२५ करोड खुद मुनाफा हासिल गरेको छ । साधारणसभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा १६.८४ प्रतिशतका दरले लाभांश (६ प्रतिशत बोनश शेयर र १०.८४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७५–०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।