शनिबार, वैशाख ८, २०८१

दुई कलाकारको निधनमा प्रधानमन्त्री ओली दुःखी

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनमा दुईजना नेपाली कलाकारको निधन भएकोमा दुःख व्यक्त गरेका छन्। शनिबार निधन भएका कलाकार दीपक क्षेत्री र आइतबार राति मृत्यु भएका कलाकार, निर्माता तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘बितेका दुई दिनमा हामीले प्रतिभावान दुई कलाकार केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं। उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जली ! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

triton college

भट्टराई आठ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। २०७५ चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष हुनुअघि भट्टराई लामो समयदेखि चलचित्र निर्माण तथा अभिनयमा व्यस्त थिए।
उनले थुप्रै चलचित्र तथा टेलिसिरियलमा अभिनय गर्नुका साथै निर्माणसमेत गरेका छन्।

आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु लगायतका हिट चलचित्र भट्टराईले निर्माण गरेका हुन् । पछिल्लो पटक २१ चैतमा उनले निर्माण गरेको नयाँ चलचित्र ’यात्रा’ प्रदर्शन भएको थियो।

शनिबार मृत्यु भएका कलाकार क्षेत्री भने लामो समयदेखि बिरामी थिए।

प्रकाशित: Dec 16, 2019| 03:30 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।