बिहीबार, वैशाख १३, २०८१

नेकपा अझै संस्थागत भएन, देउवा पेलेरै जाने

नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी अझै संस्थागत हुन नसकेको र गुट झाँगिन थालेको निष्कर्ष निकालेका छन् ।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले आइतबार सिन्धुपाल्चोकमा भएको बस दुर्घटना र राजनीतिक दलहरुभित्रको किचलोलाई मुख्य समाचार बनाएका छन् ।

triton college

आजको कान्तिपुर दैनिकले चालकको जबर्जस्तीले दुर्घटना, १५ को मृत्यु १७ घाइते शीर्षकमा मुख्य समाचार छापेको छ ।

यस्तै नेकपाको जारी स्थायी समिति बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी अझै संस्थागत हुन नसकेको र गुट झाँगिन थालेको भनि निकालेको निष्कर्षलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्ट्ले कांग्रेस भित्र आन्तरिक विवाद चुलिँदै गएको र सभापति शेरबहादुर देउवा आफ्ना एजेन्डा पारित गर्न बहुमतबाट पेलेरै जाने रणनीतिमा लागेको विषयलाई मुख्य समाचार बनाएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशका लागि जोड दिदै आएको छ भने देउवा त्यसमा तयार देखिएका छैनन् ।

corrent noodles
Metro Mart

यस्तै नेकपाका अध्यक्षद्वयले पार्टी बैठक नियमित बस्न नसकेकोमा आत्मलोचना गरेको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ । त्यस्तै नेपालमा उत्तर कोरियाली लगानी पुरै बन्द गरिएको विषयलाई पनि अन्नपूर्णले महत्वका साथ छापेको छ ।

नागरिक दैनिकले सिन्धुपाल्चोकमा भएको दुर्घटनासँगै राजनीतिक दलहरुले महाधिवेशन टार्न खोजेको विषयलाई मुख्य समाचार बनाएको छ ।

नयाँ पत्रिकाले कृषिमा ६ वर्षमा ६० अर्ब अनुदान वितरण भएको तर काम भने करिव शून्य जस्तो रहेको विषयलाई मुख्य समाचार बनाएको छ।

नेकपा अध्यक्षद्वयको निष्कर्ष : पार्टी संस्थागत छैन, गुट झाँगिन थाले

कान्तिपुरमा प्रकाशित समाचारअनुसार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकीकरणमा भएको ढिलाइका कारण पार्टीमा गुटहरू झाँगिँदै जाँदा सरकारको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेका छन् ।

एक वर्षपछि पार्टी कार्यालय धुम्बाराहीमा आइतबार सुरु भएको स्थायी समिति बैठकमा दुवै अध्यक्षका तर्फबाट दाहालले पेस गरेको प्रतिवेदनमा पार्टी अन्योलग्रस्त रहेको समेत बताइएको छ ।

‘पार्टी संस्थागत छैन । विभिन्न प्रकारका गुट झाँगिँदै जान थालेका छन् । पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्ति बढिरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

एकीकरण प्रक्रियामा भएको ढिलाइले उत्पन्न अन्योल, आशंका र निराशा तथा सरकारको कामकारबाहीमा प्रभावकारिताका लागि पार्टीले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाको कमीले उत्पन्न समस्यालाई पार्टी नेतृत्वले उचित समीक्षा, आत्मालोचना र जिम्मेवारी लिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तीन महिनाभित्र पार्टी एकीकरण गर्ने प्रतिबद्धता पूरा हुन नसक्दा पार्टी र सरकार सञ्चालन प्रक्रियामै समस्या उत्पन्न भएको पनि जनाइएको छ ।

कृषिमा ६ वर्षमा ६० अर्ब अनुदान

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार सरकारले ६ वर्षमा कृषि अनुदानमा मात्रै ६० अर्ब रुपैयाँ खर्च गरेको छ ।

तर, त्यसले कृषि उत्पादन वृद्धिमा भने अपेक्षित योगदान गरेको छैन, उत्पादन भने मौसमकै भरमा छ । आव ०७०/७१ देखि ०७५/७६ सम्म कृषि अनुदानमा सरकारी कोषको ६० अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ ।

यस अवधिमा मुख्य खाद्यान्न बालीदेखि माछा–मासुसम्मको आयात प्रतिस्थापन गरी आत्मनिर्भर हुने योजनाका साथ ठूलो मात्रामा बजेट परिचालन भयो । तर, कृषिजन्य वस्तुको आयात निरन्तर बढिरहेको छ ।

गत वर्ष एक खर्ब ९८ अर्ब रुपैयाँबराबरको कृषिउपज तथा कृषिजन्य उत्पादन आयात भएको छ । चालू आर्थिक वर्षको चार महिनामै ६८ अर्ब २५ करोडका कृषिजन्य उत्पादन आयात भएका छन् ।

बर्सेनि कृषि उत्पादन वृद्धिका लागि औसतमा १० अर्ब रुपैयाँ अनुदानका लागि खर्च भइरहेको छ । आर्थिक वर्ष ०७०/७१ मा आठ अर्ब ९९ करोड रुपैयाँ अनुदानमा खर्च भएको थियो । सो वर्ष खाद्यान्न उत्पादन ९५ लाख ६३ हजार मेट्रिकटन भएको थियो ।

त्यसयता निरन्तर सोही हाराहारीमा अनुदानमा खर्च भइरहे पनि उत्पादनमा खासै सुधार भएको छैन । त्यसपछिको आव ०७१/७२ मा अनुदानमा १० अर्ब ७१ करोड अनुदान वितरण गरियो । तर, खाद्यान्न उत्पादन घटेर ९२ लाख ६६ हजार टनमा झ-यो ।

त्यसयता कुनै पनि वर्षमा अनुदानले उत्पादनमा सकारात्मक प्रभाव परेको देखिन्न । चालू आवमा सरकारले कृषि अनुदानलाई १३ अर्ब ९१ करोड विनियोजन गरेको छ ।

ठूलो रकम उत्पादन वृद्धिमा राखेर चौधौँ योजनाले कृषि क्षेत्रको वृद्धिदर ४.७ प्रतिशत र कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.४ प्रतिशत हुने लक्ष्य राखेको थियो ।

तर, लगानीको सही सदुपयोग हुन नसक्दा यस अवधिमा कृषि क्षेत्रको वृद्धिदर २.७ प्रतिशत मात्र भएको छ । त्यसैगरी जिडिपीमा योगदान खुम्चँदै २७.६ प्रतिशतमा झरेको छ ।

प्रकाशित: Dec 16, 2019| 01:58 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।