मंगलबार, चैत २५, २०७६

समाचार कला - साहित्य

विश्व नेपाली साहित्य महोत्सव सुरु

1582718241MinThakuri_Attariya_RSS_photor.jpg
सुदूरपश्चिम साहित्य समाजको आयोजनामा बुधबार सुरु भएको विश्व नेपाली साहित्य महोत्सव उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । -रासस

धनगढी– सुदूरपश्चिमको धनगढीमा विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सुरु भएको महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार उद्घाटन गरेकी हुन्।

महोत्सवमा साहित्य, राजनीति, समसामयिक विभिन्न विषयमा सत्रहरु सञ्चालन हुनेछन्।

२० गतेसम्म चल्ने  महोत्सवमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, उद्योगमन्त्री लेखराज भट्ट, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, नेताहरु भीम रावल, गगन थापा, नारदमुनि राना, प्रेम आलेलगायतले अर्थराजनीति र विकासका बारेमा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्