काठमाडौं। पोखरा प्रिमियर लिग (पिपिएल)को रेस पार्टनर टिभिएस अपाचे सिरीज बन्ने भएको छ । रेस पार्टनरका निमित्त जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र पिपिएलका प्रबन्ध निर्देशक छुम्बी लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
मंसिर २८ गते देखि पुस १२ गतेसम्म चल्ने पिपिएलका लागि दोस्रो सिजनको खेल तालिका सार्वजनिक भइसकेको छ । पिपिएलमा विभिन्न ६ टिम बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लूज र काठमाडौं रोयल्स खेल्दैछन् ।