बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नक्कली विद्यार्थी कार्ड बोक्नुहुन्छ ? कन्डक्टरले थुत्‍लान् !

नक्कली विद्यार्थी कार्ड बोक्नुहुन्छ ? कन्डक्टरले थुत्‍लान् !

 |  आइतबार, मंसिर २९, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, मंसिर २९, २०७६

काठमाडौं– रत्नपार्क–स्वयम्भू रुटमा चल्ने माइक्रो बसका चालकको सिट अगाडि लस्करै ५–७ वटा विद्यार्थी परिचयपत्र झुण्ड्याइएको थियो। खाल्डाखुल्डी बाटोमा घच्याकघच्याक गर्दै चलिरहेको बसमा परिचयपत्र हल्लिरहेका थिए।

triton college

एक यात्रुले ठट्टा गर्ने शैलीमा चालकलाई सोधे, ‘दाइ, परिचयपत्र पनि बेच्नुहुन्छ कि के हो ?’ जवाफमा चालकले भने, ‘यी सबै नक्कली परिचयपत्र हुन्।’ नक्कली परिचयपत्र देखाएर भाडामा छुट माग्ने यात्रुको कार्ड लिएर चालकले त्यसरी झुन्डाएका रहेछन्।

‘छुट त दिने हो तर सक्कली विद्यार्थीलाई मात्रै। कोही इस्न्टिच्युटको परिचयपत्र बोकेर आउँछन्, कोही भाइबहिनीको परिचयपत्र बोक्छन्। कोही म्याद सकिएको परिचयपत्र देखाउँछन्। कुनैमा छाप नै हुन्छ। त्यस्तालाई म छुट दिन्नँ,’ अगाडि झुण्डिरहेका परिचयपत्र देखाउँदै ती चालकले भने।

काठमाडौं उपत्यकामा चल्ने थुप्रै सार्वजनिक सवारीसाधनका कन्डक्टरले यात्रुसँग नक्कली परिचयपत्र लिएर प्रदर्शन गर्ने गरेका छन्। नक्कली विद्यार्थीको बेइज्जत होस् र कसैले पनि नक्कली परिचयपत्र नदेखाओस् भनेर गाडीमै झुण्ड्याउन थालेको चालकहरु बताउँछन्।

माइक्रो चालक सूर्य ढकालले भने, ‘दैनिक १०–१५ जना यात्रु भेटिन्छन् नक्कली कार्ड देखाउने। हामीले चलाखी नगरे यो प्रवृत्ति झन् बढ्छ। कतिपय त सक्कली हो कि नक्कली भनेर छ्ट्याउन पनि गाह्रो हुन्छ। मिति, कलेजको छाप, हस्ताक्षर सबै भएपछि छुट दिनैपर्छ।’

corrent noodles
Metro Mart

सार्वजनिक यातायातमा नक्कली परिचयपत्र देखाउने, अश्लील शब्द लेख्ने जस्ता क्रियाकलाप बढ्न थालेपछि काठमाडौं महानगरपालिकाको नगरसभाले ‘काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ पारित गरेको छ। म्याद समाप्त भएका परिचयपत्र देखाई भाडा छुटका लागि दावी गर्ने, नक्कली परिचयपत्रबाट सुविधा लिन प्रयत्न गर्ने, यात्रुलाई कारवाही हुने ऐनमा उल्लेख छ। उक्त ऐनमा सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने कम्पनी, चालक, सहचालक र यात्रुको कर्तव्यहरु पनि तोकिएको छ।

सार्वजनिक यातायात सेवा प्रयोग गर्ने यात्रीले चालक, परिचालक तथा अन्य व्यक्तिसँग शिष्ट, शालीन र सभ्य व्यवहार गर्नुपर्ने, निर्धारित भाडा नतिरी यात्रा गर्न वा गर्न प्रयत्न गर्न नहुने, अन्य व्यक्तिका लागि आरक्षित गरिएको सिटमा बस्न नहुने, टिकट नलिने वा कुनै सर्तमा निर्धारित दरभन्दा कम दरमा भाडा तिर्न नहुने ऐनमा उल्लेख छ।

सार्वजनिक यातायातमा विद्यार्थीले ४५ प्रतिशत छुट पाउने व्यवस्था छ। यो छुट टेम्पोमा भने उपलब्ध छैन। तर, स्कुल, कलेज भर्ना नै नभएकाले पनि नक्कली परिचयपत्र देखाएर छुटको सुविधा लिन थालेपछि त्यसको व्यवस्थापनका लागि ऐनको आवश्यकता परेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्। अहिले नक्कली कार्ड देखाउने प्रवृत्ति घट्दै गएको उनले दाबी गरे।

प्रकाशित: Dec 15, 2019| 04:52 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।