काठमाडौं– एण्ड्रिजले आफ्नो सेवाग्राही दिवस ग्राहकहरुसंग अन्तरक्रिया गर्दै आयोजना गरेको छ । अन्तर्राष्ट्रिय प्रविधि समूह, एण्ड्रिजले आफ्नो चौथौ सेवाग्राही दिवस आयोजना गरेको हो ।
उक्त कार्यक्रमको उद्घाटन संयुक्त रुपमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग, अस्ट्रियन दूतावास भारत र नेपालका मिसन उपप्रमख माथियास रेडोजोटिक्स, यातायात र प्रविधिका लागि अटासी माइकल लेडरर, एण्ड्रिजको दक्षिण एसिया, दक्षिण पूर्व एसिया तथा ओसिनियाका क्षेत्रीय कार्यकारी जोशेफ उल्मरले गरेका थिए ।
एण्ड्रिजले नेपालसँग ३ दशक लामो सम्बन्ध कायम गरेको छ । साथै, नेपालको विकास र प्रगतिको एक हिस्सा हुन गएको बताएको छ । एण्ड्रिजले नेपालका ३० भन्दा बढि सम्पन्न तथा निर्मार्णाधिन आयोजना गरी लगभग १२०० मेगावाट क्षमताका आयोजनाहरुमा आफ्नो संलग्नता कायम गरेको छ । हाल राष्ट्रिय गौरवका आयोजनाहरु, माथिल्लो तामाकोशी जलविद्युत आयोजना (४५६ मेगावाट) र मध्यभोटेकोशी जलविद्युत आयोजना (१०२मेगावाट)साथै निजी क्षेत्रबाट संचालित अन्य धेरै आयोजनाहरुमा संलग्न रहेको छ ।