मंगलबार, वैशाख ११, २०८१

सोनम गेयरका उत्पादनमा ६० प्रतिशतसम्म छुट

 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ ।

triton college

यस योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ६० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ ।

सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिमसेट, स्वेटर, कोट, ट्रेकिङका पोसाक, टेण्ट, ब्यागलगायत उत्पादनहरु उपलब्ध छन् ।

राजधानीउपत्यकामा ठमेलको क्वाबहाल र जेपी रोड, ललितपुरको जावलाखेल, कमलपोखरीको सिटी सेन्टर, बौद्ध, टुसाल, चाबहिलको के.एल टावर, सुन्धाराको सिभिल मल, ललितपुरको कुमारीपाटी, पोखराको लेकसाइड र न्युरोड तथा चितवनको सि.जी. ल्याण्डमार्क मल, भरतपुरका सोरुममा सोनम गेयरका उत्पादनहरु उपलब्ध छन् ।

प्रकाशित: Dec 15, 2019| 04:12 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्