शनिबार, वैशाख ८, २०८१

प्रभु बैंकको २०० औं शाखा सर्लाहीको बरहथवामा

 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा २७ मंसिरदेखि सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं. ०७ स्थित बरहथवामा आफ्नो २००औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको बरहथवा शाखा कार्यालयको उद्घाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरे ।

बैंकको बरहथवा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा बरहथवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित: Dec 15, 2019| 04:09 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्