शनिबार, वैशाख ८, २०८१

सिड्नीमा नेपथ्यको अर्को रेकर्ड

 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं– खचाखच दर्शकका बीच नेपथ्यले शनिबार अष्ट्रेलियाको सिड्नीमा तेस्रोपटक आफ्नो प्रस्तुति दिएको छ ।

triton college

२९ सय ५० दर्शक क्षमताको लुनापार्कस्थित ‘बिगटप अडिटोरियममा आएका शतप्रतिशत दर्शक अनलाइन टिकट काटेर आएको नेपथ्यको व्यवस्थापक नेपालयले जनाएको छ ।

‘‘नेपाली कार्यक्रमको सम्पूर्ण टिकट यसरी इन्टरनेटबाटै सकिएको हेर्ने मेरो लामो समयदेखिको सपना यसपाला सिड्नीले पुरा गरिदिएको छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठले भने ।

अष्ट्रेलियाभरमै सबैभन्दा बढी नेपाली बसोबास गर्ने यो सहरमा नेपथ्यले सन् २००९ मा आफूलाई पहिलोपटक उभ्याएको थियो। त्यतिबेला एक विश्वविद्यालयको हलमा १२ सय दर्शकमात्र उपस्थित थिए । त्यसयता ब्याण्डले अष्ट्रेलियामा पाँचपटक यात्रा गरिसकेको छ। नेपथ्यले पाँच पटकसम्म आफूलाई प्रस्तुत गरेको नेपालकै सहरहरुमा पनि केवल काठमाडौं, पोखरा, बुटवल, चितवन, हेटौंडा र धनगढी मात्र रहेको अवस्थामा मुलुक बाहिर सिड्नी पनि बन्नपुगेको छ ।

कन्सर्टमा गीत संगीतसँगै समानान्तर रुपमा नेपालका हिमाल, पहाड र तराईका दृश्यहरुले पनि यात्रा गरेका थिए । पर्दामा प्रस्तुत स्वदेशका ती तस्बिरहरुले गुञ्जँदै गरेका गीतहरुको भावभूमि देखाउँथ्यो । गायक अमृतले गीतको संकलनका क्रममा मुलुकभर यात्रा गर्दा खिचेका तस्वीरहरुको संकलनबाटै ती दृश्यहरु निकालिएका थिए ।

corrent noodles
Metro Mart

सिड्नीको कन्सर्ट सम्पन्न भएसँगै यस वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्त्य डिसेम्बर २३ मा मेलबर्नको ‘द पाम्स एट क्राउन’मा पुगेर हुनेछ ।

कन्सर्टमा अमृत गुरुङलाई सधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

प्रकाशित: Dec 15, 2019| 03:53 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्