बिहीबार, वैशाख ६, २०८१

भोलिबाट अझै चिसो बढ्ने, यस्तो हुनेछ तीन दिनको मौसम

धुम्मिएको आकाश खुलेसँगै भोलि (सोमबार)बाट न्यूनतम तापक्रम अझै घट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार ...
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं– धुम्मिएको आकाश खुलेसँगै भोलि (सोमबार)बाट न्यूनतम तापक्रम अझै घट्ने भएको छ ।

triton college

पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश ठाउँको आकाशमा बादल लागेको थियो । आज (आइतबार) साझबाट बादल हट्ने र मौसम सफा हुने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मौसम सफा भएपछि न्यूनतम तापक्रम अझै घट्ने छ । आकाश सफा हुँदा शित पर्ने भएकाले बिहान बेलुका अझै चिसो बढ्न सक्ने उनले बताए ।

अहिले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ । अधिकतम तापक्रम १६ देखि १८ सम्म पुग्नसक्ने मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । अधिकांश उच्च हिमाली क्षेत्रको तापक्रम माइनसभन्दा तल झरेको छ।

पश्चिमी वायुको प्रभावका कारण शुक्रबार र शनिबार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात भएको थियो भने पहाडी र तराई क्षेत्रमा वर्षा भएको थियो । हिमपात र वर्षासँगै चिसो बढेको छ।

corrent noodles
Metro Mart

आइतबार देशको पूर्वी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा छिटपुट वर्षा हुनसक्ने सम्भावना छ भने पूर्वी क्षेत्रमा मध्यम वर्षा हुनेछ ।


आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसीर २९ गते (आइतबार)

दिउँसो: देशको अधिकांश भू-भागहरुमा सामान्य बदली रहने छ । देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी पहाडी भू-भागको १ /२ स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

राति: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । हिमाली भू-भागहरुमा हल्का हिमपात हुने संभावना छ।

मंसीर ३० गते (सोमबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रहि अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १ गते (मंगलबार)

दिउँसो: देशको केहि पहाडी भू-भागमा आंशिक बदली रहि अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशको केहि पहाडी भू-भागमा आंशिक बदली रहि अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: Dec 15, 2019| 03:28 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।