बिहीबार, वैशाख १३, २०८१

करोडपति सुब्बा

शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले देशका विभिन्न भेगमा पानी तथा हिउँ परेको प्रसंगलाई प्राथतमिकता दिएका छन्।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले देशका विभिन्न भेगमा पानी तथा हिउँ परेको प्रसंगलाई प्राथमिकता दिएका छन्। लगातारको वर्षा र उच्च पहाडी भेग तथा हिमाली भेगमा शुक्रबार बिहानैदेखि परेको हिउँले जनजीवन प्रभावित बनाएको छ।

triton college

यसै विषयलाई नागरिकले हिमपातले कतै सकस कतै खुसी शिर्षकमा समाचार प्रकाशन गरेको छ। यस्तै द हिमालयन टाइम्सले खराब मौसमका कारण हवाई सेवा प्रभावित बनेको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ भने अन्नपूर्ण पोष्टले ...हिउँ पर्‍यो भुरुरु शिर्षकमा समाचार प्रकाशन गरेको छ।

नयाँ पत्रिकाले भने फरक विषयको समाचारलाई प्राथमिकतामा राखेको छ। सुब्बाले केही वर्षमै जोड्ने गरेको करौडौंको सम्पत्तिलाई प्राथमिकतामा राख्दै नयाँ पत्रिकाले करोडपति सुब्बा शिर्षकमा समाचार प्रकाशन गरेको छ।

नयाँ पत्रिका लेख्छ, सरकारले यसै वर्ष बढाएको तलबमानअनुसार नायब सुब्बाको तलब २८ हजार दुई सय छ। अचाक्ली महँगीमा यही तलबले गुजारा चलाएर थोरै पनि बचत निकाल्नु आमसुब्बाका लागि सपना मात्रै हुन सक्छ। तर, हजारमा तलब बुझ्ने केही सुब्बा करौडौंका मालिक भएका छन्। काठमाडौंलगायत सहरमा घरघडेरी, विलासी गाडी, व्यवसायमा लाखौं लगानी, बैंकमा अथाह बचत उनीहरुको आर्थिक धरातल हो। भ्रष्टाचारको समुद्रमा पौडिन माहिर उनीहरु अख्तियारको चल्तीको भाषामा सानो माछा हुन्।

कसले कति जोडे सम्पत्ति

corrent noodles
Metro Mart

मदनकुमार गुप्ता

मालपोतमा १७ वर्ष
खरिदारपछि १३ वर्ष सुब्बा
जोडे १५ करोडको अकुत सम्पत्ति

श्यामकृष्ण च्यामु श्रेष्ठ

विमानस्थलको रेडियो अपरेटर रहेर १४ करोड अवैध कमाइ
सुन तस्करीमा कनेक्सन्

सुरेश अधिकारी

यातायातका लेखापाल
खुलाउन सकेनन् ६ करोड सम्पत्ति स्रोत, तीन श्रीमतीदेखि दाजुभाइको नाममा लुकाए

रामप्रसाद भट्टराई

भन्सारमा जागिर गरेर ३ करोड कमाए, २ करोड अवैध

ललितकुमार झा

मुखियाबाट जागिर सुरु, अध्यागमनमा बसेर कमाएको डेढ करोड अवैध

प्रकाशित: Dec 14, 2019| 01:16 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।