बिहीबार, वैशाख १३, २०८१

जानिराखौं हृदयघातबाट बच्न कति घण्टा सुत्ने

एक दिनमा कति घण्टा सुत्नु उपयुक्त भन्नेबारे विश्वमा प्रशस्तै अध्ययन् अनुसन्धान भएका छन् । हालै चीनको एक विश्वविद्यालयले ६० वर्षभन्दा बढी उमेरका ३१ हजार व्यक्तिमा गरेको अनुसन्धानले केही रोचक परिणामहरु प्रस्तुत गरेको छ ।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

एक दिनमा कति घण्टा सुत्नु उपयुक्त भन्नेबारे विश्वमा प्रशस्तै अध्ययन् अनुसन्धान भएका छन् । हालै चीनको एक विश्वविद्यालयले ६० वर्षभन्दा बढी उमेरका ३१ हजार व्यक्तिमा गरेको अनुसन्धानले केही रोचक परिणामहरु प्रस्तुत गरेको छ ।

triton college

नौ घण्टाको सुताई जोखिमपूर्ण

एक अध्ययनका अनुसार ६० वर्ष उमेर पुगिसकेका व्यत्तिक्रहरु रातमा नौ घण्टा वा त्यसभन्दा धेरै सुत्छन् । र, दिनमा पनि लामो समयसम्म आराम गर्छन् भने उनीहरुमा त्योभन्दा कम सुत्ने र दिउँसो कम आराम गर्ने व्यक्तिमा भन्दा हृदयघातको सम्भावना ८५ प्रतिशत बढी हुन्छ।

चीनको ह्वाजोङ विश्वविद्यालयले औषत आयु ६२ वर्ष भएका ३१ हजार ७५० व्यक्तिमा ६ वर्षसम्म गरेको अनुसन्धानमा यस्तो पाइएको हो ।

अध्ययनमा त्यसअघि हृदयघात वा अन्य प्रमुख स्वास्थ्य समस्या नभएका व्यक्तिहरुमा पनि यो अध्ययनको ६ वर्षको अवधिमा १,५५७ जनालाई हृदयघात भएको थियो । शोधमा सहभागीहरुलाई उनीहरुको निदाउने अवधि र आरामको अवधि र अवस्थाबारे प्रश्नहरु सोधिएको थियो।

corrent noodles
Metro Mart

जर्नल न्यूरोलोजीमा प्रकाशित यो अध्ययनका अनुसार अध्ययनमा सहभागीमध्ये ८ प्रतिशले दिउँसो डेढ घण्टाभन्दा बढी सुत्ने गरेको र २४ प्रतिशतले राति ९ घण्टाभन्दा बढी सुत्ने गरेको बताएका थिए ।

धेरै सुत्ने र आराम गर्नेहरु सावधान

अध्ययनमा उच्च रक्तचाप, मधुमेह र धुम्रपान जस्ता हृदयघातका अन्य सम्भावित कारणहरुमा पनि ध्यान पु¥याइएको थियो । अध्ययनले राति लामो समयसम्म सुत्ने र दिउँसो पनि सुत्ने व्यक्तिहरुमा ठिक्क सुत्नेहरुमा भन्दा ८५ प्रतिशत बढी हृदयघातको सम्भावना रहेको देखाएको छ ।

अध्ययनमा सहभागीमध्ये जो राम्रोसँग निदाउँदैनथे, उनीहरुमा राम्रो निद्रा पर्ने व्यक्तिको तुलनामा हृदयघातको सम्भावना २९ प्रतिशत रहने उल्लेख गरेकोछ ।

अध्ययनका सीमाहरु

प्रतिवेदनका सहलेखक सिआमिन झाङका अनुसार अध्ययनले रातको सुताई, दिउँसोको आराम र हृदयघातकाबीच सिधा सम्बन्ध सावित गर्न सकेको छैन । अध्ययनमा घुर्ने बानी र निद्रा नपर्ने स्लिप एप्नियाको जानकारी प्रश्न गरेर लिइएको थियो । वास्तविक निदको रेकर्ड गरिएको थिएन ।

अध्ययन् स्वस्थ तर, ६० वर्ष कटिसकेका चिनियाँ नागरिकहरुको समूहमा गरिएकाले यो अन्य समूहमा लागू नहुन सक्छ ।

प्रकाशित: Dec 12, 2019| 12:23 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्