मंगलबार, वैशाख ४, २०८१

बहुपति प्रथाबारे बन्यो डकुमेन्ट्री ‘सहायक श्रीमान्’

 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’पछि निर्देशक गणेश पाण्डेले ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) नामक नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेका छन्। बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म राष्ट्रिय सभागृहमा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा शुक्रबार दिउँसो १ बजे रिलिज हुँदैछ।

triton college

कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको यो डकुमेन्ट्री बहुपति प्रथामा आधारित छ। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन् ।

करिब ४ वर्षको छायांकन र अनुसन्धानबाट डकुमेन्ट्री निर्माण भएको निर्देशक पाण्डेले बताए। वृत्तचित्रको लेखन तथा निर्देशन पाण्डेले नै गरेका हुन्।

 

प्रकाशित: Dec 12, 2019| 11:24 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्