काठमाडौं– प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा नयाँ डीएसपी खटाएको छ।
ट्रकले एकजना विद्यार्थीलाई किचेपछि भएको प्रदर्शनमा स्कुले विद्यार्थीमाथि दमन गरेपछि त्यहाँका डीएसपी हेमराज शाही जिल्ला प्रहरी कार्यालयमा तानिएका थिए । शाहीको ठाउँमा प्रधान कार्यालयले कुलदीप चन्दलाई काजमा खटाएको हो।
केही समयअघि पनि डीएसपी शाही तरुण दलका नेतालाई टेलिफोन धम्की दिएर विवादमा तानिएका थिए। उनीमाथि प्रधान कार्यालयले आन्तरिक छानबिन गरिरहेको बताइएको छ।