बिहीबार, वैशाख १३, २०८१

विशेष दूत हल्ला गरेर पठाउने होइन : प्रवक्ता बाँस्कोटा

 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भारतमा विशेष दूत पठाइन लागेको कुरा आफूले मिडियाबाट थाहा पाएको बताएका छन्। भारतले नेपालको भूमि मिचेको विषयमा वार्ता गर्न प्रधानमन्त्री केपी ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई विशेष दूत बनाएर भारत भ्रमणमा पठाउने कुरा हल्लामात्रै भएको उनले स्पष्ट पारे ।

triton college

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘विशेष दूतको हल्ला मैले पनि मिडियामा आएपछि सुनें । सरकारले विशेष दूत पठाउन सक्छ, नसक्ने होइन । तर, त्यसको जानकारी भारतलाई पनि त दिनुपर्यो । विशेष दूत हल्ला गरेर पठाउने पनि होइन,’ उनले भने ।

आफ्नो सीमाको महत्व नेपाललाई जति छ, त्यति नै भारतलाई पनि हुने बताउँदै उनले तथ्य र सत्यको आधारमा कुरा राख्नुपर्नेमा जोड दिए । ‘सीमाको विषय भारतले मात्रै सल्टाउने होइन, न त नेपाल एक्लैले मिलाउने हो । विवादित ठाउँको विषय पहिले मिलाउने र त्यसपछि अरु पनि मिलाउने हो,’ उनले भने ।

नेपालको इतिहासमा पहिलोपल्ट सरकारले भारतलाई कूटनीतिक नोट पठाएको बताउँदै उनले समस्या विस्तारै सुल्झिने बताए । भारत ग्लोबल सुपरपावरको रुपमा विकसित भइरहेकाले क्षेत्रीय मुद्दाहरुमा अल्झेर नबस्ने उनको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले कालापानी र लिपुलेकमा समस्या नभएको दाबी गर्दै लिम्पियाधुराको विषयमात्रै जटिल भएको बताए । ‘लिपुलेक र कालापानीको प्रश्न नै होइन, प्रश्न लिम्पियाधुराको हो । सुस्ताको पनि प्रश्न होइन,’ उनले भने ।

corrent noodles
Metro Mart

मन्त्री बाँस्कोटाले सीमा स्तम्भ राख्न बाँकी रहेका ठूला नदीहरुमा नेपाल र भारत दुवैले संयुक्त रुपमा राख्नुपर्नेमा जोड दिए। ‘जतिसुकै खर्चिलो भए पनि हामी पछाडि फर्किन मिल्दैन। सीमाको कुरामा सम्झौता हुँदैन । कुनै पनि कुरा भारतलाई जिम्मा दिने होइन, संयुक्त रुपमा नै गर्ने हो । भारत एक्लैलाई गर्न दिने भन्ने कुरामा सत्यता छैन,’ उनले भने ।

नेपाल–भारत सीमाका नदीमा सीमा स्तम्भ राख्ने जिम्मा भारतलाई दिन लागिएको बारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले यस्तो प्रष्टीकरण दिएका हुन्।

प्रकाशित: Dec 12, 2019| 10:49 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।