बिहीबार, वैशाख १३, २०८१

‘खेलाडीले पैसाका लागि खेलेका होइनन्’

 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलाडीहरुले पैसाको लागि नखेलेको टिप्पणी गरेका छन्।

triton college

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले खेलाडीहरुलाई प्रोत्साहन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रष्ट पारे । यसै साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेताका लागि सरकारले घोषणा गरेको पुरस्कारको अन्योलबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘खेलाडीहरुले पैसाका लागि खेलेका हैनन्, देशका लागि खेलेका हुन् । आफूले पाएको पदक देशका लागि समर्पित गरेका छन् ।’

कुन पदक पाउने खेलाडीले कति प्रोत्साहन रकम पाउने भन्ने उनले स्पष्ट पारेनन् । कार्यविधि बनाएर, छलफल गरेर खेलाडीहरुलाई प्रोत्साहन रकम दिइने उनले बताए । ‘साग सफलतापूर्वक सम्पन्न भएको छ । दक्षिण एसियामा नेपाल सुपर पावरको रुपमा स्थापित हुने देखिएको छ खेल क्षेत्रमा । यो खुसीको कुरा हो । खेलाडीलाई उत्साहित हुने वातावरण सरकारले बनाउँछ,’ उनले भने ।

 

प्रकाशित: Dec 12, 2019| 10:29 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।