शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • नागरिकता विधयेक पासको विरोधमा भारतको असम र त्रिपुरामा हिंसा र आगजनी, असमका केही जिल्लामा कफ्यू

नागरिकता विधयेक पासको विरोधमा भारतको असम र त्रिपुरामा हिंसा र आगजनी, असमका केही जिल्लामा कफ्यू

भारतको नागरिकता संशोधन विधेयक राज्यसभाबाट पास भएपछि पूर्वोत्तर राज्य त्रिपुरा र असममा विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शन उग्र बनेपछि असमका केही जिल्लामा कर्फ्यू लगाइएको छ।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– भारतको नागरिकता संशोधन विधेयक राज्यसभाबाट पास भएपछि पूर्वोत्तर राज्य त्रिपुरा र असममा विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शन उग्र बनेपछि असमका केही जिल्लामा कर्फ्यू लगाइएको छ।

triton college

दुवै राज्यमा आगजनी र हिंसा भइरहेको छ। असमको डिब्रूगढ जिल्लामा अर्काे आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको छ। गुवाहाटीमा राज्य सरकारले बिहीबार रात ७ बजेसम्मका लागि कर्फ्यू लगाइएको आदेश जारी गरेको छ।

असममा विद्यार्थी संगठनले प्रदर्शनका क्रममा तोडफोड गरेका छन्। विरोध प्रदर्शनका कारण पश्चिम बंगाल राज्यको कोलकाताबाट असमको डिबु्रगढ सेक्टर जाने सबै उडान रद्द गरिएका छन्। विस्तारा, इन्डिडो र स्पाइसजेटले असम जाने आफ्ना सबै उडान रद्द गरेका छन्।

प्रधानमन्त्री मोदीले गरे शान्तिको अपिल

प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देशमार्फत विरोध प्रदर्शन गरिरहेका आमजनतासँग शान्तिका लागि अपिल गरेका छन्। उनले असमका जनताको हक नखोस्ने विश्वास दिलाए।

corrent noodles
Metro Mart

प्रदर्शकारीद्वारा गाडीमा आगजनी

प्रदर्शनमा उत्रिएका सर्वसाधारणले डाडी तथा रेल स्टेसनमा आगजनी गरेका छन्। हिंसा र आगजनी रोक्न सुरक्षा बलले फायरिङ गर्नुपरेको थियो।

त्रिपुरामा अर्धसैनिक बल तैनात

त्रिपुरामा पनि सेनाको नियन्त्रणमा रहेको अर्धसैनिक बल असम राइफल्स तैनाथ गरिएको छ। सेनाको पिआरओ लेफ्टिनेन्ट कर्नल पि खोन्गसईले गुवाहाटी सहरमा सेनाको दुई टुकडी तैनात गरिएको र उक्त टुकडीले सहरमा फ्लैग मार्च गरिरहेको बताए। तिनसुकिया, जोरहट तथा डिब्रुगढ जिल्लामा पनि सेना तैनात गरिएको छ।

कफ्यूमा पनि प्रदर्शनकारी सडकमा

बुधबार हजारौं कैब विरोधी प्रदर्शनकारी असमका सडकमा उत्रिएका थिए। केही क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच संघर्ष भएको थियो। असममा विद्यार्थी आन्दोलनपछि पहिलो पटक यस्तो अवस्था सिर्जना भएको हो।

सयौं प्रदर्शनकारी हिरासतमा

असमको राजधानी दिसपुरमा प्रदर्शनकारी विद्यार्थी तथा सुरक्षा बलबीच राज्य सचिवालयसामु झडप भएको छ। साे क्रममा प्रदर्शनकारीलाई तितरवितर पार्न सुरक्षा बलले फायरिङसमेत गरेकाे थियो। झडपमा कयौं प्रदर्शनकारी घाइते भएको विद्यार्थी नेताले दाबी गरेका छन्।

सूत्रका अनुसार गुवाहाटी, डिब्रुगढ तथा जोरहटमा सयौं प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ।

जागरण डट कमबाट

प्रकाशित: Dec 12, 2019| 06:12 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।