शुक्रबार, वैशाख ७, २०८१

अपी पावरको अपर नौगडगाड आयोजना निर्माण सम्पन्न

 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– अपी पावर कम्पनीले माथिल्लो नौगडगाड आयोजना (८ मेगावाट) निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको छ । योसँगै दार्चुला जिल्लामा कम्पनीले दोश्रो आयोजना सम्पन्न गरेको छ । यो आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा उर्जा उत्पादन गर्नेछ ।

यो विद्युत् बिक्रीबाट कम्पनीले पहिलो वर्ष रु. २७.४८ करोड आय आर्जन गर्नेछ । यो आयमा वार्षिक ३ प्रतिशतका दरले वृद्धि हुनेछ । अत्तरिया बलाच १३२ केभि ट्रान्समिशन लाईनमा जडान भई विद्युत प्रवाह भएको हुँदा यो आयोजनाको विद्युत् सहज ढंगले प्रवाह गर्न सकिएको छ । कम्पनीले बैंकको ऋण तथा संचालन खर्च कटाई बचेको रकमबाट शेयरधनीहरुलाई लाभांश उपलव्ध गराउने र यो लाभांशको दरमा प्रतिवर्ष वृद्धि हुँदै जाने बताएको छ ।

यो आयोजना निर्माणको लागि नेपाल एस.बि.आई. बैंकको अगुवाइमा प्रभु बैंक लिमिटेड, कैलाश विकास बैंक तथा युनाईटेड फाईनान्स कम्पनीले सहवित्तियकरण अन्र्तगतरु. १२० करोड कर्जा उपलब्ध गराएका छन् । यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको छ ।

प्रकाशित: Dec 12, 2019| 04:54 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्