शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • कामना सेवा विकास बैंकको नयाँ शाखा भक्तपुरको लोकन्थलीमा

कामना सेवा विकास बैंकको नयाँ शाखा भक्तपुरको लोकन्थलीमा

 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं०१ स्थित लोकन्थलीमा यही मंसिर २४ गते आफ्नो १०६औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा शाखाको उद्घाटन गरे ।
कारोबार शुभारम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

काठमाडौं –३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०६ वटा शाखा तथा ५५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित: Dec 11, 2019| 04:53 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्