शुक्रबार, वैशाख ७, २०८१

प्रदेश २ : नेकपा ( एस) का पक्षमा १० सांसदको सनाखत

नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १० जना प्रदेशसभा सदस्यहरुले सनाखत गराएका छन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

जनकपुरधाम– नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १० जना प्रदेशसभा सदस्यहरुले सनाखत गराएका छन्। जनकपुरधामस्थित निर्वाचन आयोगको कार्यालय पुगेर बिहीबार १० जना सांसदले सनाखत गराएका हुन्। 

triton college

१० जना प्रदेशसभा सदस्यहरु उपस्थित भएर सनाखत गराएका छन् भने एक जना अस्वस्थ भएकाले निवर्गाचन आयोगमा निवेदन पठाएर पत्रमार्फत सनाखत गराउने बताइएको छ।  सनाखत गराउने प्रदेशसभा सदस्यहरुमा मदनसेन श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, शत्रुधन महतो, रवीन्द्र बैठा, मञ्जु यादव, हसिमा खातुन, बेची लुंगेली, अशोक यादव र प्रमोद यादव छन्। 

प्रदेशसभा सदस्य डिल्ली उप्रेती स्वास्थ्य उपचारका क्रममा नयाँदिल्लीमा रहेको र उताबाट उनको निवेदन आए लगत्तै सनाखत गराइने नेकपा एकीकृत समाजवादी पार्टीका नेता शत्रुधन महतोले जानकारी दिए।  त्यस्तै सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार सनाखत गराउने उनले बताए। 

 लोसपाका पक्षमा थप २ जना प्रदेशसभा सदस्यहरुले सनाखत गराएका छन्। लोसपाको पक्षमा ‍डिम्पल झा र प्रह्लाद गिरीले सनाखत गराएका हुन्। थप दुई प्रदेशसभा सदस्यले लोसपाको पक्षमा सनाखत गराएसँगै लोसपाको पक्षमा सनाखत गराउने प्रदेशसभा सदस्यहरुको संख्या १२ पुगेको छ।

प्रकाशित: Sep 02, 2021| 15:12 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।