शुक्रबार, वैशाख ७, २०८१

महिला खेलाडीले दिलाए ६० प्रतिशत स्वर्ण पदक

 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं– मंगलबार काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक नेपाललाई ६० प्रतिशत स्वर्ण पदक महिला खेलाडीले दिलाएका छन्। नेपालले ५१ वटा स्वर्ण जितेकोमा ३० वटा महिला खेलाडीले जितेका हुन्।

triton college

महिला स्वर्णको खाता ट्रयायथलनमा सोनी गुरुङले खोलेकी थिइन्। पौडीबाज गौरिका सिंह एक्लैले ४ वटा स्वर्ण जितिन्। १३ औं सागमा उनले चार स्वर्णसहित नौवटा पदक हात पारिन्।

तेक्वान्दोकी आयशा शाक्यले तीनवटा स्वर्ण जितिन्।

यसैगरी सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा स्वर्ण जितिन्।

सञ्जु चौधरीले वेट लिफ्टिङमा स्वर्ण जितेर यो खेलमा स्वर्ण पदक जित्ने पहिलो नेपाली बनिन्।

corrent noodles
Metro Mart

जनकपुरमा भएको कुस्तीमा संगीता धामीले स्वर्ण जितिन्।

मीनु गुरुङ बक्सिङमा स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी बनिन्।

कराते (टिम काता) मा निर्मला तामाङ, संगीता मगर र सरु कार्कीले स्वर्ण दिलाए।

कराते (४५ केजी मुनी)मा कुसुम खड्काले स्वर्ण जितिन्।

कराते (५० केजी मुनि)मा अनु अधिकारी, कराते (६८ केजी) मा सुनिता महर्जन र कराते (६८ केजी) मा अनुपमा मगरले स्वर्ण जिते।

तेक्वान्दोतर्फ पुम्से (१७–२३ वर्ष) मा सिना मादेन लिम्बु र तेक्वान्दो पुम्से (२३–२९ वर्ष) पार्वती गुरुङले स्वर्ण जिते।

पुम्से महिला टिम (१७–२३ वर्ष) मा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाले स्वर्ण दिलाए।

पुम्से महिला टिम (२३–२९ वर्ष) मा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईले स्वर्ण जिते।

तेक्वान्दो (४६ केजी मुनि)मा काजल श्रेष्ठले स्वर्ण जितिन्।

उसु (थाउलो) मा सुस्मिता तामाङले स्वर्ण जितिन् भने साइक्लिङ (डाउनहिल) मा निश्मा श्रेष्ठले स्वर्ण दिलाइइन्।

तेक्वान्दो (६२ केजी मुनि) मा संगीता बस्याल, उसु (थाउलो नान्दौ) मा निमा घर्तीमगर, साइक्लिङ (क्रस कन्ट्री) मा लक्ष्मी श्रेष्ठ, उसु (५६ केजी)मा जुनी राई, जुडो (५२ केजी मुनि)मा देविका खड्का र जुडो (७८ केजी)मा पुनम श्रेष्ठले स्वर्ण जिते।

१३ वर्षको उमेरमा पदक जितेर डुआना लामा सागमा सबैभन्दा कम उमेरमा पदक जित्ने खेलाडी बनिन्। उनले स्विमिङमा दुई रजत र तीन कास्य जितिन्।

प्रकाशित: Dec 11, 2019| 04:06 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।