काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गर्न अस्पताल पुगेका छन्। ओली डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।
प्रधानमन्त्री ओलीलाई नियमित डायलासिसको लागि अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनको मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो भने १९ गते डिस्चार्ज भएका थिए।
प्रधानमन्त्री ओली मंगलबार राति नै निवास फर्कने थापाले जानकारी दिए।