शुक्रबार, वैशाख ७, २०८१

मानव विकास सूचकांक : दक्षिण एसियामा नेपाल कहाँ ?

 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं– मानव विकास सूचकांकमा नेपाल १४७ औं स्थानमा उक्लेको छ। गत वर्ष नेपाल १४९ औंं स्थानमा थियो। दक्षिण एसियाली मुलुकमध्ये नेपाल छैटौं स्थानमा छ। नेपालभन्दा पछि १५२ स्थानमा पाकिस्तान छ।

triton college

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार १८९ देशमध्ये मानव विकास सूचकांकमा नेपालको भ्यालु ०.५७९ छ। गत वर्ष नेपालको त्यस्तो भ्यालु ०.५६९ थियो। मानव विकास सूचकांकमा पहिलो स्थान हासिल गरेको नर्वेको भ्यालु ०.९५४ छ। यस सूचकांकमा सबैभन्दा कम रहेको नाइजेरियाको भ्यालु ०.३७७ रहेको यूएनडिपीको प्रतिवेदनमा उल्लेख छ।

सूचकांकको आधार हेर्ने हो भने नेपालको केही सुधार भएको छ। यूएनडीपीले मानव विकास सूचकांकको मापनको लागि मुख्य गरी औसत आयु, शैक्षिक स्तर, क्रयशक्तिलगायत ८ वटा आधार तय गरेको छ।

युएनडिपीको प्रतिवेदन अनुसार नेपालको औषत आयु भारतको भन्दा धेरै र सार्कमा छेटौं स्थानमा रहेको छ। नेपालीको औषत आयु ७० वर्ष दुई महिना छ भने भारतको औषत आयु ६९ वर्ष चार महिना छ।

त्यस्तैगरी कुल राष्ट्रिय आम्दानीमा प्रतिव्यक्ति आय २ हजार ७४८ डलर रहेको छ। गत वर्ष यस्तो आम्दानी १ हजार १२ डलर मात्रै थियो। यो दक्षिण एसियाकै सबैभन्दा कम हो।

corrent noodles
Metro Mart

दक्षिण एसियामा यस्तो आय सबैभन्दा बढी माल्दिभ्सको १२ हजार ५४९ डलर रहेको छ।

 

प्रकाशित: Dec 10, 2019| 11:38 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्