बिहीबार, वैशाख १३, २०८१

वडाको सिफारिसमा नक्कली व्यक्तिले हडपे दुई बिघा जग्गा

रुपन्देहीको सियारी गाउँपालिका–२ मा नक्कली कागजात बनाई एक व्यक्तिले करिब २ बिघा जग्गा हडपेको खुलेको छ ।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका–२ मा नक्कली कागजात बनाई एक व्यक्तिले करिब २ बिघा जग्गा हडपेको खुलेको छ । भारतबाट नक्कली कागजात बनाएर त्यही आधारमा वडाको सिफारिस लिई जग्गा आफ्नो नाममा बनाएको खुलेको हो ।

triton college

भारतको गोरखपुर जिल्लाबाट प्रधानपञ्चको नक्कली कागजात बनाएर सियारी गाउँपालिका वडा नम्बर २ कार्यालयबाट सिफारिस लिई बुद्धिराम कहाँरको नाममा जग्गा नामसारी गरेको पाइएको छ । तर, यो नामको कोही व्यक्ति नै छैन । मालपोत कार्यालयबाट बेलर कहाँरको भाइ बुद्धिराम कहाँरको नाममा जग्गा नामसारी भएको भेटिएको छ । बुद्धिरामको नाममा भारतबाट कागजात ल्याइएको भए पनि बुद्धिराम भन्ने कोही व्यक्ति नै नभएको गोरखपुर ग्रामसभा गोपलापुर ग्राम प्रधान ज्ञानमती देवीले बताएकी छन्।

बेलर कहाँरले २०३६ सालमा सियारी गाउँपालिका वडा नम्बर २ मा ७ वटा कित्ता भएको जग्गा खरिद गरेका थिए । जग्गाधनी बेलरको २०६६ साल भदौ २२ गते मृत्यु भयो । बेलरका छोरा नभएको र छोरीको बिहे भएका कारण कहाँरहरु सामूहिक परिवारमा बसेका थिए । त्यसैले कसैका नाममा जग्गा नामसारी भएको थिएन ।

कहाँर परिवारले थाहै नपाई २०७६ भदौ १९ गते बुद्धिराम कहाँरको नाममा जग्गा नामसारी भएको छ । नामसारी भई भदौ २७ गते उक्त जग्गा ४ जनाको नाममा बिक्रीसमेत भइसकेको छ । जग्गाधनीका भाइ दयानाथ गौँडले जग्गाको पुर्खौंदेखि मालपोत शुल्क तिरेको र यो वर्षको पनि शुल्क तिरेको सक्कल रसिद आफूसँग भएको तर जग्गा अर्कैको भइसकेको गुनासो गरे ।

‘बेलर कहाँरको सक्कल लालपुर्जा हामीसँग छ । मृत्यु दर्ताको सूचक हामीसँग छ तर, सियारी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राम किसन थारुको हस्ताक्षर भएका विभिन्न कागज बनाई नक्कली भारतीय मान्छे बुद्धिराम कहाँर खडा गरेर नामसारी गरिएको छ । वडा सदस्य बृज नारायण यादवको रोहबरमा उक्त किर्ते काम भएको हो,’ गौँडले भने ।

corrent noodles
Metro Mart

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बेलर कहाँरको जग्गा बुद्धिराम कहाँरको नाममा गयो भनेर दयानाथ गौंड र विश्वनाथ प्रसाद कहाँरले छानबिन गरिपाऊँ भनेर निवेदन दिएको बताए । ‘कागजात हेर्दा तीनपुस्ते देखियो अनि हामीले छानबिन सुरु गर्यौँ, वडा कार्यालयबाट फाइल झिकायौँ,’ थारुले भने । अहिले उक्त जग्गा रोक्का भएको उनले जानकारी दिए । भारतबाट बुद्धिराम कहाँरले आधार कार्ड, निर्वाचन कार्ड र सिफारिस लिएर आएपछि आफूले सम्बन्धित टोलमा सर्जमिन गराएको उनले बताए ।

मालपोत कार्यालय भैरहवाका प्रमुख कुमार आचार्यले मुलुकी देवानी संहिता ऐन २०७४ बमोजिम अस्थायी पुर्जा बन्ने व्यवस्थाबमोजिम वडाको सिफारिसमा जग्गा नामसारी भएको बताए । ‘मैले यहाँबाट सर्जमिन गर्न पठाएँ, उहाँहरु गएर बुझ्दा उसले पेश गरेको व्यहोरालाई समर्थन गर्ने गरी सर्जमिन भएको हुनाले पुर्जा बन्यो । जग्गा भएको ठाउँका जनप्रतिनिधिले सबै कुरा बुझ्नुपर्ने हो,’ प्रमुख आचार्यले भने ।

प्रकाशित: Dec 10, 2019| 07:28 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।