काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। मंसिर २६ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो।
बैठकमा कालापानी–लिपुलेक र लिम्पियाधुरालगायतको सीमा अतिक्रमणका विषयमा कांग्रेसले विशेष छलफल गर्नेछ। छलफलबाट कांग्रेसले औपचारिक धारणा सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।
यसैगरी, केन्द्रीय समितिको एजेण्डामा संगठन सुदृढिकरण र उपनिर्वाचनको समीक्षा पनि रहेको छ।
भातृ संगठनहरुको विवाद समाधान र हालैसम्म भएको उपनिर्वाचनमा पार्टीको कार्यसम्पादनका विषयमा छलफल हुने शर्माले जनाए।