बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विवादित नक्सा खारेजीको माग गर्दै भारतीय दूतावासमा नेमकिपाको ज्ञापन पत्र

विवादित नक्सा खारेजीको माग गर्दै भारतीय दूतावासमा नेमकिपाको ज्ञापन पत्र

नेपाल मजदुर किसान पार्टीले नेपाली भूमि समावेस गरी भारतले तयार पारेको नक्सा खारेज गर्न भन्दै नेपालस्थित भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं- नेपाल मजदुर किसान पार्टीले नेपाली भूमि समावेस गरी भारतले तयार पारेको नक्सा खारेज गर्न भन्दै नेपालस्थित भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ।

triton college

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरीएको उक्त ज्ञापनपत्र काठमाडैंको लैनचौरस्थित भारतीय राजदूतावासमा बुझाएको हो। सोमबार दिउँसो लैनचौर स्थित खानीविभागबाट प्रदर्शन गर्दै दूतावास पुगेर नेमकिपाले ज्ञापनपत्र बुझाएको हो।

नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक समेत भारतमा गाभेर भारतले नयाँ नक्सा तयार गरेपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले नेपालको भूमि नेपाललाई नै फिर्ता गर्न आग्रह गरेको हो।

त्यस्तै नेमकिपाले कालापानीमा रहेको भारतीय सेना अविलम्ब फिर्ता लैजान समेत आग्रह गरेको छ । नेमकिपाका महासचिव प्रेम सुवालले नेपालको सुस्ता लगायत ७२ भन्दा बढी ठाउँमा भारतद्धारा अतिक्रमित ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि फिर्ता गर्न समेत आग्रह गरेको बताए।

सुवालले नेपाल भारत खुला सीमा बन्द गर्न आवश्यक रहेको भन्दै सन् १९४७ नोभेम्बर ९ मा भएको गोर्खा भर्ती सन्धि खारेज गर्न समेत जरुरी रहेको जनाए।

corrent noodles
Metro Mart

प्रकाशित: Dec 09, 2019| 14:57 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।