शनिबार, वैशाख ८, २०८१

१८ महिलालाई सेनेटरी प्याड बनाउने रोजगारी

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

बनेपा । सेनेटरी प्याड बनाउने काममा यहाँका १८ जना महिलाले रोजगारी पाएका छन्। रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोग, आईइडी नेपालको प्राविधिक सहयोग र धुलिखेल उद्योग वाणिज्य सङ्घले दुई महिनादेखि सेनेटरी प्याड सिलाउने काम सञ्चालन भइरहेको छ।

triton college

प्याड सिलाइमा काम गर्नेहरु बिहान १० बजे आउने र दिउँसो साढे ३ बजे फर्कने गरी काममा लगाएको टोलीनेता सरिता मल्लले बताइन्। उनको काम उत्पादन भएको प्याड व्यवस्थित बनाएर त्यससँगै साबुन र अन्य जानकारीमूलक सामग्री राखेर झोलामा पोको पार प्याक गर्ने हो। “महिनाको ९ हजार दिने गरेर १८ जना महिलालाई रोजगारी दिइरहेका छौँ,” उनले भनिन्, “तत्कालका लागि ६ महिनाको योजना बनाएर काम शुरु गरिएको छ ।” त्यसरी काम गर्न थालेको दुई महिना भयो । काममा धुलिखेल, बतासे, बनेपा, खावा लगायतका महिलाहरु सो काममा लागिरहेका छन्। दिनमा ६०–७० प्याकेट प्याड उत्पादन हुने मल्लले बताइन्।

शुरुमा एक हप्ताको तालिम दिएर सिकेकामध्ये १८ जनालाई प्याड उत्पादनमा अवसर प्रदान गरेको रोटरी क्लब अफ धुलिखेलका पूर्वअध्यक्ष रञ्जीव श्रेष्ठले बताए। उनले भने, “अहिलेसम्ममा दुई हजार पोका उत्पादन गरिसकेकोमध्ये केही मात्रमा विद्यालयका बालिकालाई वितरण गरिसकेका छौँ ।” उत्पादन गरेको प्याडसँगै प्रयोग गर्ने जानकारीमूलक सामग्रीसहितको पोको बनाएर विद्यार्थीलाई वितरण गर्ने गरेको उनको भनाइ छ ।

त्यसरी उत्पादन गरेको प्याड अहिलेसम्ममा धनुषा जिल्लाको ६ र सिरहा जिल्लाको १२ गरी १८ विद्यालयका विद्यार्थीलाई वितरण गरिसकेको जनाएको छ । उनका अनुसार नेपालमा उत्पादन हुँदै आएको प्याडमा पनि उच्च गुणस्तरको कपडा प्रयोग गरी बनाएको सो प्याड बातावरणमैत्री रहेको छ । त्यसरी बनाएको प्याड प्रयोग गरेको दुईदेखि तीन वर्षसम्म पुनः प्रयोग गर्न सकिने जनाएको छ ।

अहिलेसम्ममा दुई हजार वटा प्याड उत्पादन गरिसकेको र अब तीनदेखि पाँच हजार प्याड उत्पादन गर्ने र विभिन्न जिल्लाका ५० वटा विद्यालयमा वितरण गर्ने योजना रहेको श्रेष्ठले बताए । सो परिमाण सम्पन्न भएपछि सिलाइमा प्रयोग भएको २५ वटा मेशिन, ६ वटा इन्टर लग र पाँच वटा कपडा काट्ने मेशिन व्यावसायिक तालीम केन्द्र स्थापना गरी उद्यमी महिलालाई वितरण गर्ने योजनामा रहेको क्लबका पूर्वअध्यक्ष श्रेष्ठले बताए।

corrent noodles
Metro Mart

रासस

प्रकाशित: Dec 09, 2019| 07:52 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।