काठमाडौं– महोत्तरीको गौशाला–६ बाट प्रहरीले दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
महोत्तरीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक श्याम अधिकारीले एक थान भारतीय र एक थान नलकटुवा पेस्तोलसहित ३२ वर्षीय राकेशकुमार यादवलाई पक्राउ गरिएको जानकारी दिए।
यादवको साथबाट भारतीय पेस्तोलमा लाग्ने चार राउन्ड गोलीसमेत बरामद गरिएको उनले जानकारी दिए। यादवलाई सदरमुकाम ल्याउँदै गरिएको उनले बताए।