धनगढी– धनगढी उपमहानगरपालिका–२, बैयाबेहेडीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ।
से६प २३११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया शान्तादेवी जोशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।
मोटरसाइकल र मोटरसाइकल चालक धनगढी–२ का २१ वर्षीय गोविन्द सुनार प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।