शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बै‌कमा सीईओको कार्यभार सम्हाले क्षेत्रीले

ग्लोबल आइएमई बै‌कमा सीईओको कार्यभार सम्हाले क्षेत्रीले

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज भएर बनेको ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्रीले शुक्रबारदेखि पदबहाली गरेका छन् । ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु भएकोहो ।

triton college

तीन दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा रहेका क्षेत्री २०७४ साल असार १ गते देखिजनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि उनले तत्कालिन बैंक अफ एसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेका छन् ।

गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रमपश्चात बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पद बहाली गराएका हुन् । एकिकृत ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजीकोष २४ अर्ब, कुल निक्षेप २१३ अर्ब, कुल कर्जा १९४ अर्ब भन्दा बढी रहेको छ ।

त्यस्तै ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सय भन्दा बढी शाखा सञ्जाल, २५९ एटिएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरु रहेका छन् ।

प्रकाशित: Dec 09, 2019| 04:41 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्