काठमाडौं– न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट भएको छ। विस्फोटमा कम्तीमा सयजना फसेको अनुमान छ।
बीबीसीका अनुसार यो घटना ह्वाइट आइल्यान्डमा भएको हो । थुप्रै पर्यटक पुगेका बेला ज्वालामुफी विस्फोट भएको बताइएको छ ।
स्थानीय मेयरका अनुसार घटनामा थुप्रै घाइते भएको अनुमान छ । व्हाइट आइल्याण्डमा देशकै सबैभन्दा बढी सक्रिय ज्वालामुखी अवस्थित छ ।