काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ।
मन्त्रिपरिषद् बैठक अपरान्ह ४ बजे बोलाइएको बताइएकाे छ।
अस्पतालबाट फर्किएपछि प्रधानमन्त्री ओलीले सक्रियता बढाएका छन्। उनले सीमित व्यक्तिसँग भेटघाट थालेका छन्। यसक्रममा उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतसँग भेटघाट गरेका छन्।
स्वास्थ्यमा समस्या आएपछि १४ दिनअघि मनमोहन भास्कुलर एन्ड कार्डियोलोजी ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस सल्यक्रिया गरिएको थियो। उनी त्यहाँबाट चार दिनअघि डिस्चार्ज भएका थिए।