काठमाडौं– भारतीय कप्तान विराट कोहलीले टी–२० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान कायम गरेका छन्।
भारतमा आइतबार सम्पन्न वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १९ रन बनाएसँगै उनले यो कीर्तिमान कायम गरेका हुन्। उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २५६३ रन बनाएका छन्।
यसअघि यो कीर्तिमान भारतका ‘हिटम्यान’ रोहित शर्माको नाममा थियो। उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २५६२ रन जोडेका छन्। आइतबार वेस्ट इन्डिजविरुद्धको खेलमा शर्माले १५ रन बनाएका थिए।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा तेस्रोमा न्युजिल्यान्डका मार्टिन गुप्टिल छन्। उनले टी–२० मा २४३६ रन बनाएका छन्।