मंगलबार, वैशाख ११, २०८१

गोली हान्ने र कर्फ्‍यु लगाउने गरी के के भयो कोहलपुरमा ?

बाँकेमा आइतबार स्कूल जाँदै गरेकी एक बालिकालाई ट्रकले किचेपछि उनका दुबै खुट्टा गुमेका छन् । विरोधमा उत्रिएका साथी, शिक्षक र स्थानीयमाथि प्रहरीले गाेली हानेकाे छ भने कोहलपुरमा कर्फ्‍यु लगाइएको छ ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले बाँकेको कोहलपुरमा उत्पन्न भएको तनाव र गौरिका सिंहले सागमा तीन स्वर्ण जितेको विषयलाई मुख्य समाचार बनाएका छन् ।

triton college

आजको अन्नपूर्ण पोस्ट्ले स्वर्णमा ह्याट्रिक शीर्षक दिएर गौरिकाको तस्बिरसहितको खबर प्राथमिकताका साथ छापेको छ भने कोहलपुरमा भएको तनावलाई मुख्य समाचार बनाएको छ । कलिला गोडामाथि जब ट्रक गुड्यो शीर्षक दिएर उसले खबर लेखेको छ ।

यस्तै कान्तिपुर दैनिकले पनि कोहलपुर घटनालाई मुख्य समाचार बनाउँदै सडकमै छुटे जुत्ता शीर्षकमा खबर छापेको छ ।

बाँकेमा आइतबार स्कूल जाँदै गरेकी एक बालिकालाई ट्रकले किचेपछि उनका दुबै खुट्टा गुमेका छन् । विरोधमा उत्रिएका साथी, शिक्षक र स्थानीयमाथि प्रहरीले उल्टै दमन गर्दा कोहलपुर तनावग्रस्त बनेको छ ।

पौडीमा सनसनी मच्चाएकी गौरिका सिंहले सागको १३ औं संस्करणमा तीन स्वर्ण जित्दै इतिहास रचेको विषयलाई पनि कान्तिपुर प्राथमिकताका साथ छापेको छ । गौरिका सागको इतिहासमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

corrent noodles
Metro Mart

नागरिक दैनिकले पनि गौरिकाले रचिन इतिहास शीर्षकमा खबर छापेको छ भने कोहलपुरमा प्रहरी र स्थानीयबीच भएको झडपलाई मुख्य समाचार बनाएको छ । प्रहरीको गोली लागेर २० जना घाइते भएका छन् भने कोहलपुरमा कर्फ्‍यु लगाइएको छ ।

नयाँ पत्रिकाले भने फेवा तालको जमिन अतिक्रमणको विषयलाई मुख्य समाचार बनाएको छ । फेवा किनारका संरचना ६ महिनामा भत्काउन सर्वोच्चको आदेश, २० महिनासम्म सरकारले रेखांकनसमेत गरेन शीर्षकमा खबर लेखेको छ ।

के के भयो कोहलपुरमा ?

छात्रालाई ट्रकले ठक्कर दिएपछि आक्रोशित विद्यार्थी र प्रहरीबीच झडप हुँदा कोहलपुर दिनभर तनावग्रस्त बन्यो ।

आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही दर्जन रबरका गोली र अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरीको गोली लागेर २० जना भन्दा धेरै घाइते भएका छन् ।

स्थानीयले हानेका ढुंगा लागेर कोहलपुर इलाका प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाही पनि घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेको छ। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भएको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रण बाहिर गएपछि सोमबार दिउँसो ३ बजेबाट कर्फ्यू लगाइएको छ । कर्फ्यू कोहलपुर बजारभर र त्यस आसपासका क्षेत्रमा लगाइएको बाँके प्रशासनले जनाएको छ। कर्फ्यू सोमबार बिहानसम्म हटेको छैन् ।

घटना कसरी भयो ?

बिहान १० बजेतिर हाइवेमै रहेको त्रिभुवन विद्यालय अगाडि कक्षा ७ मा अध्ययनरत छात्रा १३ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएको थियो। उनको खुट्टामा चोट लागेको थियो।

घाइते बालिकालाई ट्रकले उल्टै ब्याक गरेर मार्न खोजेपछि अन्य विद्यार्थीले ट्रकलाई रोकेका थिए। घाइते बालिकालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ।

ट्रकले बालिकालाई मार्न खोजेपछि आक्रोशित भएका विद्यार्थीले ट्रकमा आगो लगाइदिएका थिए। घटनास्थलमा डीएसपी शाहीको टोली आएर ड्राइभरलाई नियन्त्रणमा लिने क्रममा उनले उल्टै आक्रोशित विद्यार्थीलाई समाएर पिटेपछि स्थिति तनावग्रस्त बनेको आजका पत्रपत्रिकाले लेखेका छन् । 

प्रकाशित: Dec 09, 2019| 01:17 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।